गाउँ फर्केका रसुवाका सबै जना क्वारेन्टाइनमा « Khabarhub

गाउँ फर्केका रसुवाका सबै जना क्वारेन्टाइनमा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि काठमाडौं र आसपास क्षेत्रमा छरिएर रहेका स्थानीय नागरिकलाई धमाधम जिल्ला भित्र्याउने काम अगाडि बढेको छ ।

गोसाइँकुण्ड एवं कालिका गाउँपालिकाले बसको व्यवस्था गरी जिल्ला भित्र्याएका स्थानीय बासिन्दाको संख्या ३१९ पुगेका छन् ।

सोमबार साँझसम्म रसुवा प्रवेश गर्नेमा १६५ पुरूष र १५४ महिला छन् । उनीहरूलाई आआफ्ना गाउँघरको पायक पर्ने स्थानमा स्थापित क्वारेन्टाइनमा राखिएको छ ।

रसुवाका सांसद मोहन आचार्यका अनुसार बसबाट ल्याइएका स्थानीयवासीलाई बेत्रावतीबाट जिल्ला प्रवेश गराउनुपूर्व लगत तयार गरिनाका साथै पायक पर्ने क्वारेन्टाइन तोक्न रसुवाको प्रवेशद्वारमै केही घण्टा रोकिने गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सावधानीअनुरूप जिल्ला प्रवेश गरेका सबै स्थानीय नागरिकलाई बेत्रावतीबाटै सम्बन्धित गाउँपालिकाका पदाधिकारीमार्फत क्वारेन्टाइनमा पठाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

धुञ्चेको क्वारेन्टाइनमा गोसाइँकुण्ड गाउँपालिकाले ६७ जनालाई व्यवस्थापन गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले क्वारेन्टाइनमा खानपिनदेखि वाइफाईसम्म चाहिने आवश्यकता सबै पूर्ण बनाइएको जानकारी दिए ।

रसुवाका पाँच वटै गाउँपालिकाका विभिन्न स्थानमा १० क्वारेन्टाइन रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ४१ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड