गाउँ फर्केका रसुवाका सबै जना क्वारेन्टाइनमा | Khabarhub Khabarhub

गाउँ फर्केका रसुवाका सबै जना क्वारेन्टाइनमा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – कोभिड–१९ रोकथामका लागि लकडाउन भएपछि काठमाडौं र आसपास क्षेत्रमा छरिएर रहेका स्थानीय नागरिकलाई धमाधम जिल्ला भित्र्याउने काम अगाडि बढेको छ ।

गोसाइँकुण्ड एवं कालिका गाउँपालिकाले बसको व्यवस्था गरी जिल्ला भित्र्याएका स्थानीय बासिन्दाको संख्या ३१९ पुगेका छन् ।

सोमबार साँझसम्म रसुवा प्रवेश गर्नेमा १६५ पुरूष र १५४ महिला छन् । उनीहरूलाई आआफ्ना गाउँघरको पायक पर्ने स्थानमा स्थापित क्वारेन्टाइनमा राखिएको छ ।

रसुवाका सांसद मोहन आचार्यका अनुसार बसबाट ल्याइएका स्थानीयवासीलाई बेत्रावतीबाट जिल्ला प्रवेश गराउनुपूर्व लगत तयार गरिनाका साथै पायक पर्ने क्वारेन्टाइन तोक्न रसुवाको प्रवेशद्वारमै केही घण्टा रोकिने गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको सावधानीअनुरूप जिल्ला प्रवेश गरेका सबै स्थानीय नागरिकलाई बेत्रावतीबाटै सम्बन्धित गाउँपालिकाका पदाधिकारीमार्फत क्वारेन्टाइनमा पठाइएको उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए ।

धुञ्चेको क्वारेन्टाइनमा गोसाइँकुण्ड गाउँपालिकाले ६७ जनालाई व्यवस्थापन गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङ्नुर्पु तामाङले क्वारेन्टाइनमा खानपिनदेखि वाइफाईसम्म चाहिने आवश्यकता सबै पूर्ण बनाइएको जानकारी दिए ।

रसुवाका पाँच वटै गाउँपालिकाका विभिन्न स्थानमा १० क्वारेन्टाइन रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १ : ४१ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको