प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुई घण्टा छलफल « Khabarhub

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दुई घण्टा छलफल


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्ने उद्देश्यले भएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सम्पन्न भएको छ ।

करिब दुई घण्टा लामो भेटवार्तामा ठोस सहमति केही पनि नभएको नेकपानिकट स्रोतले जनाएको छ ।

पछिल्लो विवाद समाधानको लागि अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताले तत्काल सचिवालय बैठक र त्यसपछि स्थायी कमिटीको बैठक डाक्नुपर्ने अडान राखेका छन् ।

पार्टीभित्र उत्पन्न विवादका कारण रक्षात्मक बन्दै गएका ओलीले आफूसँग असन्तुष्ट रहेका प्रचण्डलाई वार्ताका लागि सोमबार दिउँसो एक बजे बालुवाटार बोलाएका थिए।

पार्टीलाई अलग गरी दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णयबाटपछि हटेपनि ओलीलाई विश्वास गर्ने अवस्थामा प्रचण्डसँगै नेकपाका अधिकांश नेताहरु पुगेका छैनन्।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ३ : ४५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा