सरकारी वकिलको कार्यालयले लिएन ‘सांसद अपहरण’ बारेको जाहेरी « Khabarhub

सरकारी वकिलको कार्यालयले लिएन ‘सांसद अपहरण’ बारेको जाहेरी


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले पनि जाहे‍री लिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टीका सांसदहरुको उजुरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको हो ।

सरकारी वकिल कार्यालयले सात दिनको समय दिन आग्रह गरे पनि जनता समाजवादीका नेताहरु तुरुन्तै दर्ता हुनुपर्ने अडान राखेका थिए ।

यसअघि जाहेरी महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न इन्कार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका थिए ।

सांसद यादवको तर्फबाट उजुरी दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, महिन्द्रराय यादव, अशोक राईलगायतका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए ।

समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएको उनीहरुले आरोप लगाएका छन् ।

उक्त प्रकरणलाई जनता समाजवादीले ‘अपहरण’ भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ४ : ०९ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा