सरकारी वकिलको कार्यालयले लिएन 'सांसद अपहरण' बारेको जाहेरी | Khabarhub Khabarhub

सरकारी वकिलको कार्यालयले लिएन ‘सांसद अपहरण’ बारेको जाहेरी


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले पनि जाहे‍री लिन अस्वीकार गरेको छ ।

जनता समाजवादी पार्टीका सांसदहरुको उजुरी दर्ता गर्न सरकारी वकिलको कार्यालयले अस्वीकार गरेको हो ।

सरकारी वकिल कार्यालयले सात दिनको समय दिन आग्रह गरे पनि जनता समाजवादीका नेताहरु तुरुन्तै दर्ता हुनुपर्ने अडान राखेका थिए ।

यसअघि जाहेरी महानगरीय प्रहरी परिसर टेकुले दर्ता गर्न इन्कार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु उजुरी गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ पुगेका थिए ।

सांसद यादवको तर्फबाट उजुरी दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, महिन्द्रराय यादव, अशोक राईलगायतका नेता सरकारी वकिलको कार्यालय पुगेका थिए ।

समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएको उनीहरुले आरोप लगाएका छन् ।

उक्त प्रकरणलाई जनता समाजवादीले ‘अपहरण’ भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ४ : ०९ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको