रेडियो नेपालको अन्तर्वार्ताका विषयमा डा भट्टराईले भने : कर्मचारी धम्काउने काम बन्द गर « Khabarhub

रेडियो नेपालको अन्तर्वार्ताका विषयमा डा भट्टराईले भने : कर्मचारी धम्काउने काम बन्द गर


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेडियो नेपालको अन्तर्वार्तामा बोलेको विचारको जिम्मा आफूले लिने भन्दै रेडियो नेपालका कर्मचारीलाई धम्क्याउने काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

डा. भट्टराईले मंगलबार ट्वीट गरेर कर्मचारी धम्काउने काम बन्द गर्न सरकारलाई चेतावनी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘रेडियो नेपाल जनताको रगत पसिनाको करबाट संचालित सार्वजनिक संस्था हो। यो कुनै पार्टी, गुट, व्यक्तिको बपौति हैन। त्यहाँबाट प्रसारित विचार निम्ति बोल्ने व्यक्ति जिम्मेवार हुन्छ न कि रेडियोका पदाधिकारी! अन्तर्वार्तामा बोलेका विचारनिम्ति म जिम्मेवारी लिन्छु! कर्मचारीलाई धम्काउने काम नगर! सावधान!’

जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै सञ्चार मन्त्रालयले स्पष्टिकरण सोधेको छ।

कार्यकारी निर्देशक कार्कीलाई तीन दिनभित्र प्रष्टिकरण पेश गर्न मंगलबार पत्र काटिएको छ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ४८ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको