सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा | Khabarhub Khabarhub

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशसँगै ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो ।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ५ : ५३ बजे

नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र

जीबीले ऋण नतिर्दा रवि जेल जानुपर्दैन

काठमाडौं – प्राध्यापक डा. गान्धी पण्डित अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट कानूनमा

आगलागी हुँदा १० लाख बराबरको क्षति

बनियानी – बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाख

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

इनरुवा– सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भद्रपुर– गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु