नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाइँदै « Khabarhub

नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाइँदै


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलनअघि नै विदामा नेपाल आएका श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाउने तयारी भएको छ ।

माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आइपुगेका तथा रोजगार अनुमति प्रणाली (इपीएस) को सबै कागजी प्रकिया पुगेका नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत कोरिया पठाउन लागिएको हो ।

यसका लागि नेपाल एयरलाइन्स र एनआरएनए केन्द्रीय कमिटीबीच सम्झौता भइसकेको एनआरएनए कोरियाका महासचिव डा. विमल सुवेदीले जानकारी दिए ।

नेपाल एयरलाइन्सको उक्त चाटर्ड विमान पहिलो चरणमा अप्रिल ३० तारिखमा नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई लिएर कोरियाका लागि उड्नेछ ।

लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल आएका श्रमिक अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएपछि  कोरिया जान सकिरहेका थिएनन् ।

मन्त्रिपरिषद्को बैठकबाटै लकडाउन भएपनि कोरिया सरकारसँग छलफल गरी फर्किनुपर्ने नेपालीलाई कोरिया फर्कन मिल्ने निर्णय गरेको थियो ।

कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ५५ बजे

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी

एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने पक्राउ

रसुवा – एम्बुलेन्समा चुरोट र लागुपदार्थ तस्करी गर्ने चार जना

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छ : सुजाता कोइराला

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू