राष्ट्रपतिको गतिविधि पार्टी र गुट विशेषको पक्षमा देखियाे: अध्यक्ष राणा « Khabarhub

राष्ट्रपतिको गतिविधि पार्टी र गुट विशेषको पक्षमा देखियाे: अध्यक्ष राणा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् ।

राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकूल पटक्कै नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

‘राष्ट्रपतिले प्रदर्शन गर्दै आउनु भएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पूर्नपुष्टी भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,’ राप्रपा अध्यक्ष राणाले मंगलबार भने ।

‘नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरेको छ, तदनुरूप आचरणको अपेक्षासमेत राखेको छ,’ उनले भने । ‘तर, राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको छैन ।’

महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आम जनताको चासो नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको भन्दै आपत्ति जनाए ।

राणाले ट्वीट गर्दै भने, ‘सत्तासंघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र उर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटार वरिपरि घुमीरहेको छ । राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाई अभिभावकविहीन बनेको छ । महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय भएको छ ।’

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : २७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको