राष्ट्रपतिको गतिविधि पार्टी र गुट विशेषको पक्षमा देखियाे: अध्यक्ष राणा « Khabarhub

राष्ट्रपतिको गतिविधि पार्टी र गुट विशेषको पक्षमा देखियाे: अध्यक्ष राणा


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् ।

राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकूल पटक्कै नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

‘राष्ट्रपतिले प्रदर्शन गर्दै आउनु भएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पूर्नपुष्टी भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,’ राप्रपा अध्यक्ष राणाले मंगलबार भने ।

‘नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरेको छ, तदनुरूप आचरणको अपेक्षासमेत राखेको छ,’ उनले भने । ‘तर, राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको छैन ।’

महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आम जनताको चासो नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको भन्दै आपत्ति जनाए ।

राणाले ट्वीट गर्दै भने, ‘सत्तासंघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र उर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटार वरिपरि घुमीरहेको छ । राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाई अभिभावकविहीन बनेको छ । महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय भएको छ ।’

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : २७ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका