'कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’ | Khabarhub Khabarhub

‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष अन्तरक्रियामा उनीहरुले सो धारणा व्यक्त गरे ।

साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा र अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल र राजु नेपालको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ८ : ४८ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज