आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिदै


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण (बजेट) प्रस्तुत गर्नेछन् ।

नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् ।

नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ७ : ४१ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क