विप्लव समूहका नेता गजमेर पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका नेता गजमेर पक्राउ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता लेखराज गजमेरलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ धुलिखेलबाट उनी पक्राउ परेका हुन् ।

गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरेको जनाइएको छ ।

प्रहरीले गजमेरलाई पुनःगिरफ्तार गरी काठमाडौँ लगेका हुन् । सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेरलाई बुधबार सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशानुसार जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरे र अधिकारकर्मी हिरामान लामाको रोहवरमा गजमेरलाई थुनामुक्त गरिएको थियो ।

लामाका अनुसार चन्द समूहका दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य गजमेरलाई धुलिखेल प्रहरीले थुनामुक्त गरेलगत्तै प्रहरी निरीक्षक सुरेश खत्री नेतृत्वको सादा पोशाकका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट गिरफ्तार गरी काठमाडौँ लगेको हो ।

गजमेरलाई गत वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतबाट काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।

गजमेरले यही जेठ २ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएपछि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो ।

केही महिनाअघि सिन्धुपाल्चोकबाट गिरफ्तारीमा परेका गजमेरलाई सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा दोलखा, रामेछापपछि काभ्रेपलाञ्चोकमा मुद्दा चलाइएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : ०४ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको