पतिको हत्या अभियोगमा पक्राउ « Khabarhub

पतिको हत्या अभियोगमा पक्राउ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- बर्दघाट–सुस्ता पश्चिममा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी छिन् ।

घरमा मृत भेटिएका ३७ वर्षीय धर्मनाथ मुखिया(चौधरी) को घटनास्थलको अवस्था र शवको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद देखिएपछि उनकी पत्नी पार्वतीलाई बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

धर्मनाथ आफ्नो घरको कोठाभित्र घाँटीमा नीलडाम, टाउकामा चोट र दुवै हातको नाडी काटिएको मृतावस्थामा फेला परेका थिए । अभियुक्त पार्वतीविरुद्ध आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : २७ बजे

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौं – कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको