नेपालमा ‘सलह किरा’को रोकथामबारे अध्ययन गर्न प्राविधिक समिति गठन « Khabarhub

नेपालमा ‘सलह किरा’को रोकथामबारे अध्ययन गर्न प्राविधिक समिति गठन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह कीराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ।

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेसँगै प्राविधिक समिति गठन गरेको छ।

यससँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उक्त कीराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए।

सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍या सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ४० बजे

विद्यालय शिक्षामा ठूला दल : कानुन बनाउने बेला एउटा, घोषणापत्रमा अर्को

काठमाडौं– विद्यालय शिक्षालाई हेर्ने विषयमा दलको व्यवहार र चुनावी घोषणापत्र

निर्वाचनका लागि स्रोतसाधन अभाव हुँदैन : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं– आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

गण्डकी– पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण