कोरोना संक्रमणको जोखिम बढेपछि चीनमा १२ दिनमा ६६ लाखको स्वाब परीक्षण « Khabarhub

कोरोना संक्रमणको जोखिम बढेपछि चीनमा १२ दिनमा ६६ लाखको स्वाब परीक्षण


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा फेरि संक्रमणको जोखिम बढेपछि १२ दिनमा ६६ लाखभन्दा बढीको स्वाब परीक्षण गरिएको छ ।

संक्रमणको उद्भव मानिएको वुहानमा कोरोना भाइरसको महामारी दोहोरिन सक्ने जोखिम बढेको भन्दै पछिल्लो १२ दिनमा ६६ लाख ८० हजार मानिसको स्वाब परीक्षण गरिएको जनाइएको छ ।

ब्लुम्वर्ग न्युजका अनुसार परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ ।

वुहानमा १ करोड १० लाख मानिसमा कोरोना भए नभएको थाहा पाउन भन्दै त्यहाँ १२ मेदेखि नै स्वाब परीक्षण सुरू गरिएको छ ।

कोरोना महामारी अन्त्य भएको घोषणापछि त्यहाँ ७६ दिन लामो लकडाउन खुला गरिएको थियो । लकडाउन हटाइएपछि त्यहाँ फेरि नयाँ संक्रमित भेटिन थालेपछि परीक्षण तीव्र पारिएको हो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ३६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान