नेपाल र ईजरायलका चिकित्सकबीच अनलाइन सम्वाद « Khabarhub

नेपाल र ईजरायलका चिकित्सकबीच अनलाइन सम्वाद


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच भर्चुअल वेभिनार भएको छ ।

नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिइन ।

‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन इजरायली सरकार, चिकित्सक र यहाँका जनताले गरेका व्यवस्थापकीय, नीतिगत, चिकित्सा तथा अन्यको अनुभव आदन–प्रदानका विषयमा हामीले सम्वाद गरेका हौँ,’ राजदूत शाक्यले भनिन्, ‘कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन यस्तो सम्वाद सहयोगी बन्ने हामीले अपेक्षा लिएका छौँ । यो सम्वादलाई निरन्तरता दिन्छौँ ।’

राजदूत शाक्यले कठिन परिस्थितिमा नेपाल र ईजरायलका चिकित्सकहरु बिचको सहकार्यलाई घनीभूत बनाउँदै कोरोना संक्रमण व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि जोड दिइन ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सुरुवाती चरममै इजरायल कोरोना संक्रमणको महामारीको चपेटामा परेको थियो । ८६ लाखको हाराहारीको जनसंख्या रहेको इजरायलमा १६ हजार ७ सय ४३ जना संक्रमित फेला परेका थिए । त्यसमा २ सय ८१ जनाको ज्यान गएको थियो । अहिले त्यहाँ संक्रमितको संख्या जम्मा २३ छ ।

सरकार र चिकित्सकहरुको कुसल व्यवस्थापकीय भूमिकाकै कारण इजरायलले कोरोना भाइरसको संक्रमणबाट आफ्नो देशलाई चाँडै मुक्त गरेको थियो । त्यो अनुभव नेपालका लागि पनि उपयोगी हुने ठानेरै नेपाली राजदूत डा. शाक्यको पहलमा इजरायलस्थित नेपाली दूतावासले भर्चुअल वेभिनार गरेको हो ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ११ : ५५ बजे

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर

उराँव समुदायले मनाए सरहुल पर्व

इनरुवा (सुनसरी)- सदरमुकाम इनरुवासहित सुनसरी जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका