कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका ८ जना कोरोना संक्रमित दैलेखका हुन् ।

उनीहरु नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, नारायण नगरपालिका– ३ का १९,३०,३६ र ४० वर्षीय पुरुषहरु रहेका छन् ।

सोही नगरपालिकाका ४ नम्बर वडाका एक वर्षका बालक र २० वर्षीया महिला पनि संक्रमित भएका छन् । उक्त नगरपालिकाको वडा नम्बर ५ का १७ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४६ जना पुगेको छ । कर्णाली प्रदेशमा बुधबार राति मात्र १५ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या थप भएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बुधबार बेलुका ४ बजेपछि थपिएका कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १२ : २२ बजे

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको