कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार थपिएका ८ जना कोरोना संक्रमित दैलेखका हुन् ।

उनीहरु नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, नारायण नगरपालिका– ३ का १९,३०,३६ र ४० वर्षीय पुरुषहरु रहेका छन् ।

सोही नगरपालिकाका ४ नम्बर वडाका एक वर्षका बालक र २० वर्षीया महिला पनि संक्रमित भएका छन् । उक्त नगरपालिकाको वडा नम्बर ५ का १७ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४६ जना पुगेको छ । कर्णाली प्रदेशमा बुधबार राति मात्र १५ जना कोरोना संक्रमित थपिएका थिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या थप भएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बुधबार बेलुका ४ बजेपछि थपिएका कोरोना संक्रमितको तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  १२ : २२ बजे

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख