त्रिनगर नाकाबाट भारतमा अलपत्र ४ हजार ७ सय बढी नेपालीको उद्दार « Khabarhub

त्रिनगर नाकाबाट भारतमा अलपत्र ४ हजार ७ सय बढी नेपालीको उद्दार


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ ।

स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

क्वारेन्टिनमा राखेकालाई योग अभ्यास सिकाइने

धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

“उपमहानगरपालिकाले आफै तालिम दिएर यसअघि नै विद्यालयका ३० जना शिक्षकलाई योग प्रशिक्षक तयार गरेको छ”, प्रमुख नृपबहादुर वडले भने, “यसका लागि क्वारेन्टिनमै योग प्रशिक्षकलाई नै परिचालन गरी योग अभ्यास गराइने छ ।” प्रशिक्षकद्वारा बिहानको समयमा योग अभ्यास गराइने भएपछि क्वारेन्टिनमा राखिएका व्यक्तिमा स्फूर्ति ल्याउने प्रमुख वडको भनाइ छ ।

त्यसैगरी क्वारेन्टिनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताए । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ ।

उपमहानगरपालिकाका १९ वटा क्वारेन्टिनमा हालसम्मको तथ्याङ्क अनुसार ३१० जना रहेका छन् र यो सङ्ख्या थपिन सक्ने क्वारेन्टिन व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद बरालले बताए ।

त्रिनगर भन्सार क्षेत्र सेनिटाइज गरियो

धनगढी उपमहानगरपालिका सरसफाइ शाखाका कर्मचारीसहितको टोलीद्वारा कैलालीको त्रिनगर भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइज गर्ने काम गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइजको काम गरिएको बताइएको छ ।

सीमामा अलपत्र परेकालाई खाना खुवाएका पेपर, प्लेट, पानीका बोतल, चाउचाउ बिस्कुटलगायतका खोस्टाले भन्सार क्षेत्र छेउछाउ फोहर बढेसँगै सरसफाइ र सेनिटाइज गर्ने काम गरिएको नगर प्रमख वडले बताए ।

उपमहानगरपालिकाले बजारका मुख्य सडक र टोल टोलमा समेत यसअघि औषधि छर्किने काम गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ३ : ५७ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको