किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था « Khabarhub

किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कृषकलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न किसान क्रेडिट कार्ड लागू गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषिमा श्रम परिचालन गरी रोजगारी सिर्जना गरिने जानकारी दिएका छन् ।

बालीको सम्भावनाका आधारमा ठूलो परिमाण उत्पादन गर्न प्रोत्साहन गर्ने र कृषिमा आत्मनिर्भर बनाउने, दुध तरकारी र मासुमा आत्मनिर्भर बन्ने गरी बजेट विनियोजन गरिने, एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र पहिचान गर्नका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गर्ने उनले बताए ।

सबै स्थानीय तहमा घुम्ती प्रयोगशालामार्फत् माटो परिक्षण गर्ने, रासायनिक मल समयमै उपलब्ध गराउने, विउको गुणस्तर परीक्षण गर्ने, कृषि उपजको बजारीकरण गर्ने, चोभारमा हाटबजार आगामी आर्थिक वर्षमै शुरु गर्ने, १ अर्ब दिएर सबै स्थानीय तहमा खाद्य भण्डार बनाउने ७८ वटा कृषि बजार निर्माण गर्ने, खाद्यान्न बैकको अवधारणा कार्यान्वयन गर्ने, सबै स्थानीय तहमा कृषि र पशु प्राविधिक परिचालन गरिने, कृषि बाली र पशुपंक्षी विमा गर्न सहयाग गर्ने लगायतका योजना सरकारले सार्वजनिक गरेको हो ।

त्यस्तै ५० लाख कृषि र वन क्षेत्रका ५५ लाख विरुवा वितरण गर्ने र मुख्य सिमानाकामा पश् क्वारेन्टाइन स्थापना गर्ने समेत सरकारले घोषणा गरेको छ ।

सबै किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न किसान क्रेडिट कार्डको शुरुवात गर्ने समेत सरकारले घोषणा गरेको छ ।

२ अर्ब ३२ करोड सिंचाईका लागि विनियोजन गरेको सरकारले २२ हजार हेक्टर सिंचाइ आगामी आर्थिक वर्षमा गर्ने घोषणा गरेको छ । १० अर्ब २५ करोड महाकाली सिचाई आयोजनाका लागि विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ०१ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा