किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था « Khabarhub

किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कृषकलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न किसान क्रेडिट कार्ड लागू गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषिमा श्रम परिचालन गरी रोजगारी सिर्जना गरिने जानकारी दिएका छन् ।

बालीको सम्भावनाका आधारमा ठूलो परिमाण उत्पादन गर्न प्रोत्साहन गर्ने र कृषिमा आत्मनिर्भर बनाउने, दुध तरकारी र मासुमा आत्मनिर्भर बन्ने गरी बजेट विनियोजन गरिने, एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र पहिचान गर्नका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गर्ने उनले बताए ।

सबै स्थानीय तहमा घुम्ती प्रयोगशालामार्फत् माटो परिक्षण गर्ने, रासायनिक मल समयमै उपलब्ध गराउने, विउको गुणस्तर परीक्षण गर्ने, कृषि उपजको बजारीकरण गर्ने, चोभारमा हाटबजार आगामी आर्थिक वर्षमै शुरु गर्ने, १ अर्ब दिएर सबै स्थानीय तहमा खाद्य भण्डार बनाउने ७८ वटा कृषि बजार निर्माण गर्ने, खाद्यान्न बैकको अवधारणा कार्यान्वयन गर्ने, सबै स्थानीय तहमा कृषि र पशु प्राविधिक परिचालन गरिने, कृषि बाली र पशुपंक्षी विमा गर्न सहयाग गर्ने लगायतका योजना सरकारले सार्वजनिक गरेको हो ।

त्यस्तै ५० लाख कृषि र वन क्षेत्रका ५५ लाख विरुवा वितरण गर्ने र मुख्य सिमानाकामा पश् क्वारेन्टाइन स्थापना गर्ने समेत सरकारले घोषणा गरेको छ ।

सबै किसानलाई सहुलियत ऋणको ग्यारेन्टी गर्न किसान क्रेडिट कार्डको शुरुवात गर्ने समेत सरकारले घोषणा गरेको छ ।

२ अर्ब ३२ करोड सिंचाईका लागि विनियोजन गरेको सरकारले २२ हजार हेक्टर सिंचाइ आगामी आर्थिक वर्षमा गर्ने घोषणा गरेको छ । १० अर्ब २५ करोड महाकाली सिचाई आयोजनाका लागि विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : ०१ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी