दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा « Khabarhub

दिवा खाजा कार्यक्रम देशभर लागू गर्ने घोषणा


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका सबै विदालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

अहिले ४० वटा जिल्लामा लागू रहेको दिवा खाजा कार्यक्रमलाई सरकारले विस्तार गरेको हो ।

कैलालीको गेटा मेडिकल कलेजलाई सिकलसेल रोगको उपचार केन्द्र बनाउने समेत सरकारले घोषणा गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा सरकारले १ हजार ८ सय स्कूल बनाउने र कम्प्युटर ल्याव स्थापना गर्ने घोषणा पनि गरेको छ ।

सरकारले विज्ञान क्षेत्रमा १ खर्बभन्दा बढि विनियोजन गर्ने घोषणा समेत गरेको छ ।

सरकारले  निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

विश्व विद्यालय अनुदान आयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड, मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ५ : २८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु