घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट « Khabarhub

घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले बजेटको आकार घटाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ५८ अर्बले कम हो ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ  अर्थात ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ। यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।

सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ। चालु बर्ष साढे ८ प्रतिशतको लक्ष्य थियो। तर २.३ प्रतिशत मात्र हाँसिल हुने देखिएको छ।

मूल्य बृद्धिको लक्ष्य चालु भन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरिएको छ। बजेटले स्वास्थ्य सेवा तथा पूर्वाधारका लागि विशेष कार्यक्रम तथा योजना ल्याएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका सरकारले यसअघि नै ल्याएको राहत कार्यक्रमलाई बजेटबाटै निरन्तरता दिने घोषणा गरेको छ।

कोरोना कारण उत्पन्न आर्थिक तथा सामिजक प्रभावलाई न्यूनीकरणका गर्नका लागि सरकारले ७ लाखभन्दा बढीलाई रोजगारी दिनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : २७ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार