घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट « Khabarhub

घट्यो बजेटको आकार, आगामी वर्ष १४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सरकारले बजेटको आकार घटाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा आगामी वर्षका लागि प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा ५८ अर्बले कम हो ।

चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

जसमध्ये चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ  अर्थात ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ  ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरिएको छ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरिएको छ। यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ।

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ।

सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ। चालु बर्ष साढे ८ प्रतिशतको लक्ष्य थियो। तर २.३ प्रतिशत मात्र हाँसिल हुने देखिएको छ।

मूल्य बृद्धिको लक्ष्य चालु भन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरिएको छ। बजेटले स्वास्थ्य सेवा तथा पूर्वाधारका लागि विशेष कार्यक्रम तथा योजना ल्याएको छ।

कोरोना रोकथाम तथा नियन्त्रणका सरकारले यसअघि नै ल्याएको राहत कार्यक्रमलाई बजेटबाटै निरन्तरता दिने घोषणा गरेको छ।

कोरोना कारण उत्पन्न आर्थिक तथा सामिजक प्रभावलाई न्यूनीकरणका गर्नका लागि सरकारले ७ लाखभन्दा बढीलाई रोजगारी दिनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  ६ : २७ बजे

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को