दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार साँझ दाङ र कपिलवस्तुमा गरी थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्य २ जना दाङका रहेका छन् भने ९ जना कपिलवस्तुका छन् ।

प्रतिष्ठानले जारी प्रेस विज्ञप्ति अनुसार दाङको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय पुरुष र सोही गाउँपालिकाको वडा नम्बर २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु गढवा गाउँपालिका वडा नम्बर ६ र जेठान गाउँपालिका वडा नम्बर १ को क्वारेन्टाइन मा रहेका व्यक्ति हुन् ।

यसैगरी कपिलवस्तुको रामनरेश माविको क्वारेन्टाइन मा रहेका व्यक्तिहरु हुन् । उनीहरु विजयनगर गाउँपालिकाका २३ ,३०, २६, १७, ३७, ४०, ४३ र५२ वर्षीय पुरुष रहेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : ४५ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा