भारतबाट आउँदा अर्घाखाँचीका एक जनाकाे बाटोमै मृत्य, कोरोना रिपोर्ट पोजेटिभ « Khabarhub

भारतबाट आउँदा अर्घाखाँचीका एक जनाकाे बाटोमै मृत्य, कोरोना रिपोर्ट पोजेटिभ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट आउँदा बाटोमै मृत्यु भएका उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कपिलवस्तुमा गरिएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका हुन् ।

भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको  प्रमुख जिल्ला अधिकारी पौडेलले पुष्टि गरे ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो ।

उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर १० गते नै अन्त्येष्टि गरिएको थियो ।

हालसम्म नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र  ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।

( यसअघि नेपालमा थप एक नेपालीको मृत्यु भएको भन्ने सच्याइएको छ । – सं. )

 

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : १८ बजे

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी सुरु (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथ रथयात्रा का लागि रथ निर्माण कार्य सुरु भएको

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’