भारतबाट आउँदा अर्घाखाँचीका एक जनाकाे बाटोमै मृत्य, कोरोना रिपोर्ट पोजेटिभ | Khabarhub Khabarhub

भारतबाट आउँदा अर्घाखाँचीका एक जनाकाे बाटोमै मृत्य, कोरोना रिपोर्ट पोजेटिभ


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट आउँदा बाटोमै मृत्यु भएका उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कपिलवस्तुमा गरिएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिएका हुन् ।

भारतबाट नेपाल फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीका एक युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको  प्रमुख जिल्ला अधिकारी पौडेलले पुष्टि गरे ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो ।

उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर १० गते नै अन्त्येष्टि गरिएको थियो ।

हालसम्म नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र  ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको छ ।

( यसअघि नेपालमा थप एक नेपालीको मृत्यु भएको भन्ने सच्याइएको छ । – सं. )

 

 

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ९ : १८ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज