बाबुराम भन्छन्– स्वास्थ्य र कृषिमा बजेट पुगेन | Khabarhub Khabarhub

बाबुराम भन्छन्– स्वास्थ्य र कृषिमा बजेट पुगेन


१५ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने टिप्पणी गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसकिने पनि भट्टराईले बताए ।

अर्थमन्त्रीको बजेट भाषण सुनिसकेपछि पत्रकारहरुसँग डा. भट्टराईले भने ‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ सरकारले आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपैयाँ बजेट थप गरेर नपुग्ने उनले बताए । ७ अर्ब रुपैयाँ लगानी गरेर कसरी १० औं, १५ औं लाख रोजगारी दिन सकिन्छ ? उनले प्रश्न गरे ।

बजेट बिगतकै निरन्तरता भएको पनि उनले टिप्पणी गरे । राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै भएको उनको भनाइ छ । अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भयो, उनले भने ।

प्रकाशित मिति : १५ जेठ २०७७, बिहीबार  ८ : ५६ बजे

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।