रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव « Khabarhub

रुसद्वारा अमेरिकी सेना मार्न अफगानी विद्रोहीलाई मोटो रकम प्रस्ताव


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी अधिकारीहरुले अफगानिस्तानका विद्रोहीहरुलाई अमेरिकी सेना मार्न रुसले मोटो रकम प्रस्ताव गरेको बताएका छन् ।

अमेरिकी गुप्तचरहरुले अमेरिकी अफगानिस्तानी विद्रोहीहरुलाई मोटो रकम प्रस्ताव गरेर अमेरिकी सेना र नेटोमा आवद्ध सेना मार्न प्रस्ताव गरेको निष्कर्ष निकालेको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसा जारी छ । सन् २०१९ मा विद्रोहीहरुले २० जना अमेरिकी सेना मारेका थिए । यसमा रुसको संग्लग्नता भएको अमेरिकी गुप्तचर संस्थाले निष्कर्ष निकालेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार यो रिपोर्ट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाइएको छ । समाचारमा जनाइए अनुसार, अफगानी विद्रोहीहरुसँग रुसको पनि संग्लग्नता देखिएको छ ।

गत फेब्रुअरी २९ मा अफगानी विद्रोही तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतालाई अमेरिका र तालिबान दुवैले मनन गरिरहेका छन् ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाउने तथा तालिबानले पनि हिंस्रक गतिविधि रोकेर सरकारसँग वार्ता गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ५७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२