भारतमा कोरोना संक्रमितको मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत « Khabarhub

भारतमा कोरोना संक्रमितको मृत्युदर ३ प्रतिशत, निको हुने दर ५८ प्रतिशत


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् ।

उनले भनेका छन्– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ ।

उनका अनुसार शनिबारसम्ममा भारतका करिब तीन लाख सङ्क्रमित निको भएका छन् । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए।

भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताएका छन् ।

उनले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उनले भनेका थिए । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले दिए। यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए।

उनले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराए ।

स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ३४ बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी