पहिरो खसेपछि पाल्पाका सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरो खसेपछि पाल्पाका सडक अवरुद्ध


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – अविरल वर्षाका कारण खसेको पहिरोले पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन् ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज विहानैदेखि सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएको जनाइएको छ । यसैबीच तानसेन –रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । पूर्वखोला गाउँपालिका– १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताए । पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा नै अलपत्र परेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : १० बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी