नेपालमा १४ जिल्ला छन् भनेपछि ट्रोलको शिकार बनिन् कलाकार पूजा शर्मा ! | Khabarhub Khabarhub

नेपालमा १४ जिल्ला छन् भनेपछि ट्रोलको शिकार बनिन् कलाकार पूजा शर्मा !


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ ।

प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ?

यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए ।

पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ ।

प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ । भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

के थियो भिडियोमा ?

अन्तर्वार्ता दिन पुगेकी पूजासँग प्रकाश सुवेदीले लामो समय कुरा गरेका थिए । कुराकानीका सिलसिलामा पत्रकार सुवेदीले एकछिन बाहिरी कुरा गरौं न भन्दै राजनीतिक नेताहरुका बारेमा सोध्छन् ।

उनले नेपालका अर्थमन्त्रीको नाम सोध्छन् । पूजाले उत्तर दिन नसकेपछि पूर्वसञ्चारमन्त्रीको नाम सोध्छन् ।

सुवेदीको प्रश्नको उत्तरमा पूजाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिन्छिन् । कार्यक्रममा पूजालाई हालका अर्थमन्त्री युवराज खतिवडा र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा भएको बताउँछन् ।

उनलाई सोधिएको ५ मन्त्रीको नाम पनि पूजाले भन्न सक्दिनन् । पत्रकारले पुनः ३ मन्त्रीको नाम भन्न अनुरोध गर्छन् । जवाफमा पूजाले बामदेव गौतम, प्रचण्ड र बाबुराम भट्टराईको नाम लिन्छिन् ।

पूजालाई मन्त्रीको नाम भन्न गाह्रो लागेपछि सुवेदीले सजिला प्रश्न भन्दै जिल्लाको नाम र प्रदेशका नाम सोधेका थिए । पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् । नेपालमा प्रदेश भने ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् ।

कार्यक्रममा उनले राजनीतिप्रति कुनै चासो नभएको पनि प्रतिक्रिया दिएकी थिइन् ।

नेपाली कलाकारलाई सामान्य ज्ञानसमेत नभएको भन्दै पूजा शर्मालाई ट्रोल बनाइएको छ । यी कलाकार बेलाबेलामा आफ्नो अभिव्यक्तिका कारण विवादमा आइरहन्छिन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ११ : २७ बजे

महेश बस्नेतविरुद्धको जाहेरी तामेलीमा राखेपछि उच्च अदालतले माग्यो जवाफ

काठमाडौं- पूर्व उद्योगमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध

कोरला नाकामा विद्युत् सेवा विस्तार

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत्

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा

महानगरको सीप मेलामा दश हजार बढीले दिए आवेदन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप

गण्डकीका मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा मागे विश्वासको मत

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाको आइतबार बसेको