‘ट्राभल हिस्ट्री’ नभएका २२ जनामा सङ्क्रमण | Khabarhub Khabarhub

‘ट्राभल हिस्ट्री’ नभएका २२ जनामा सङ्क्रमण


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो ।

आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो ।

पीसीआर परीक्षणबाट ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन् । कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजिटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण जोखिममा रहेको बताइएको छ ।

कर्णालीमा एकैपटक यति धेरै संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्क्रमण देखियो ।

उनी दुई साता प्रदेश अस्पतालको आइसोलेशनमा बसेर कोरोना जितेर फर्किसकेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङक्रमणका कारण मृत्यु भयो । उनी न भारतबाट आएका थिए, भारतबाट फर्किएका व्यक्तिहरूको प्रत्यक्ष सम्पर्कमा नै गएका थिए । समुदायमै बसिरहेका व्यक्तिहरुमा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि कर्णालीमा त्रास बढेको छ ।

आइतबार प्रदेश अस्पतालमै उपचार गर्न आएका दैलेखका एक बालकमा पनि कोरोना सङ्क्रमण पुष्टि भयो । पेट दुखेपछि ती बालकलाई अस्पताल ल्याइएको थियो ।

एपेन्डिसाइडको शल्यक्रिया भयो । उनका बुवा भारतबाट आएर क्वारेन्टाइनमा बसेको थाहा पाएपछि अस्पतालले छोरासँगै बाबुआमाको पनि कोरोना परीक्षण गर्‍यो ।

परीक्षणबाट तीनै जनामा कोरोना सङ्क्रमण देखियो । भारतबाट फर्किएका ती व्यक्तिकै कारण उनका श्रीमती र छोरा पनि सङ्क्रमित हुन पुगे । हाल उनीहरुको प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकहरु क्वारेन्टाइन व्यवस्थित गर्न नसक्दा कोरोना जोखिम बढेको बताउँछन् । भारतबाट आएकालाई सुरक्षित तवरले क्वारेन्टाइनमा व्यवस्थापन गर्न नसक्नु, पीसीआर परीक्षण नहुँदै घर पठाइनु, होम क्वारेन्टाइनको व्यवहारिक प्रयोग नहुनुजस्ता कारणले सङ्क्रमणको जोखिम बढेको जनाइएको छ ।

प्रदेश अस्पताल सुर्खेतका विशेषज्ञ चिकित्सक डा नवराज केसीले कोरोना नियन्त्रणमा ध्यान दिन आग्रह गरे । १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणबिनै घर पठाउँदा परिवारका सदस्यहरुमा सङ्क्रमणको जोखिम बढेको उनको भनाई छ ।

भारत सरकारले बन्दाबन्दी (लकडाउन) कै बीच यही जेठ १ गतेदेखि रेल तथा बस सेवा सञ्चालन गर्‍यो ।यसले गर्दा रोजगारीका क्रममा ठूलो संख्यामा त्यहाँ रहेका कर्णालीबासीहरु विभिन्न नाका हुँदै फर्किन थाले ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा ४१ हजार बढी कर्णालीबासीहरु भारतबाट फर्किसकेका छन् । भारतबाट फर्किनेहरुको संख्या बढेसंगै समुदायस्तरमा पनि सङ्क्रमितको संख्या बढ्दैछ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशमा समुदायका २२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमण दोस्रो चरणमा पुगेपनि लकडाउन खुकुलो भएसँगै सावधानी अपनाउन छाडिएको छ ।

प्रदेश अस्पतालका कोभिड १९ फोकल पर्सन चिकित्सक केएन पौडेलले अन्य बिरामीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि उपचारमा समस्या आएको बताए । उनले भने ‘कोरोना भाइरसको थप जोखिम निम्तिएको छ, अहिले समुदायमा सङ्क्रमण सुरुआती चरणमा छ, कसैलाई पनि लक्षण देखिएको छैन, पहिलेको तुलनामा अझ धेरै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।’

कर्णालीमा हालसम्म आशंकित बाहेक समुदायस्तरमा कोरोना परीक्षण भएको छैन् । सङ्क्रमणमुक्त नहुँदै घर पठाइने र समुदायमा शंकास्पद व्यक्तिको स्वाब परीक्षण नगर्ने हो भने अवस्था थप जटिल बन्दै जाने बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १२ : ४४ बजे

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २०

नेपालगञ्जमा मो:मो महोत्सव हुँदै

जानकी– नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मो:मो महोत्सव आयोजना हुने भएको

तत्कालै १० लाख धरौटी बुझाएर रिहा भइन् ऋषिपत्नी अञ्जला

विराटनगर– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी

बझाङमा आमा समूह र युवाले श्रमदानबाट बनाए सार्वजनिक शौचालय र स्नान गृह 

धनगढी– कुनै समय थियो, गाउँमा न योजना आउँथ्यो, न योजनाका लागि

‘समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ’

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको