सलह समाउने कृषिविज्ञ राईका टिप्स | Khabarhub Khabarhub

सलह समाउने कृषिविज्ञ राईका टिप्स

एक हजार केजी ल्याउनेले एक लाख पाउने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषिविद मदन राईले सलह नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताउँदै यसलाई विष हालेर नमार्न सुझाव दिएका छन् । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्।

‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ।

कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’

कृषिविज्ञ राईले सलह समात्न अपनाउनुपर्ने विधि र टिप्स पनि दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सलह समाउने तरिका सुझाएका छन् ।

राईले लेखेका छन्, ‘यो बाक्लो आयोभने अलिक ठूलो कपडा दूईजनाले दुइछेउमा तानेर सलह छैकौँ। एकै ठाउँमा एकैपटक ५/१० किलो समाउन सकिन्छ। पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो। जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान, कोदो, मकै आलु, तरकारी फलफूलबाली जोगाउनु हो। घाँसपनि जोगाउँ । तर पहिलो अन्न।’

उनले भनेका छन्, ‘कसैले समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलोको नगद १०० रूपियाले १००० किलो सम्म ल्याए क्यास १ लाख नगद भूक्तानी हुनेछ।

राईले भनेका छन्, ‘हामी १००० किलो मध्ये विद्यार्थीलाई मज्जाले भुटेर माछामासुको सट्टामा विभिन्न परिकार बनाएर ख्वाउँछौँ। केही हामी हामीसंग भएको पशुपंछीको दाना बनाउँछौ। सिद्राको सट्टामा यो प्रयोग गर्नेछो। केही हामीसंग भएको सबैखाले पंछीलाइ ख्वाउनेछौं।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : १० बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति