सलह समाउने कृषिविज्ञ राईका टिप्स « Khabarhub

सलह समाउने कृषिविज्ञ राईका टिप्स

एक हजार केजी ल्याउनेले एक लाख पाउने


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषिविद मदन राईले सलह नियन्त्रण गर्न सबै जुट्नुपर्ने बताउँदै यसलाई विष हालेर नमार्न सुझाव दिएका छन् । सलह नियन्त्रणको उपाय खोजिरहेका बेला कृषिविद् राईले विषादी हालेर नमार्न आग्रह गरेका छन्।

उनले विषादी हालेर मार्नुभन्दा समात्न आग्रह गरेका छन्। खोटाङमा नै आधुनिक पद्धति अपनाएर उनले कृषि कर्म गरिरहेका छन्। राईले सलह सिद्रा माछा भन्दा पनि पोसिलो हुने बताएका छन्।

‘सिद्रा माछा भन्दा पोसिलो छ सलह’, उनले भनेका छन्, ‘दाना बनाउन काइदा हुन्छ।

कसैले समात्यो भने म एक हजार केजीलाई ताजा सुकाएको दुवैलाई १ लाखमा किनिदिन्छु।’ उनले सलह रोक्न समात्ने उपाय नै सही रहेको पनि बताएका छन्।

‘सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरि देऊ, सबै सकिन्छ’, उनले भनेका छन्, ‘मान्छेको खाना र पशुपंछीको दानामा गजब हुन्छ।’

कृषिविज्ञ राईले सलह समात्न अपनाउनुपर्ने विधि र टिप्स पनि दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सलह समाउने तरिका सुझाएका छन् ।

राईले लेखेका छन्, ‘यो बाक्लो आयोभने अलिक ठूलो कपडा दूईजनाले दुइछेउमा तानेर सलह छैकौँ। एकै ठाउँमा एकैपटक ५/१० किलो समाउन सकिन्छ। पातलोलाई पनि समाउने वा खेदेर बाली जोगाउने। सलह सबैजसो पंछीको खाना हो। जंगली पंछी पनि मोटाउने भो। मूख्य कुरा हाम्रो धान, कोदो, मकै आलु, तरकारी फलफूलबाली जोगाउनु हो। घाँसपनि जोगाउँ । तर पहिलो अन्न।’

उनले भनेका छन्, ‘कसैले समाएर हामी शुभद्रा मदन फाउण्डेशनमा ल्याइदिए किलोको नगद १०० रूपियाले १००० किलो सम्म ल्याए क्यास १ लाख नगद भूक्तानी हुनेछ।

राईले भनेका छन्, ‘हामी १००० किलो मध्ये विद्यार्थीलाई मज्जाले भुटेर माछामासुको सट्टामा विभिन्न परिकार बनाएर ख्वाउँछौँ। केही हामी हामीसंग भएको पशुपंछीको दाना बनाउँछौ। सिद्राको सट्टामा यो प्रयोग गर्नेछो। केही हामीसंग भएको सबैखाले पंछीलाइ ख्वाउनेछौं।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : १० बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि