कलाकारलाई नेपालमा कतिवटा जिल्ला छन् भन्ने थाहा नहुनु कति जायज ? « Khabarhub

कलाकारलाई नेपालमा कतिवटा जिल्ला छन् भन्ने थाहा नहुनु कति जायज ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कलाकारहरुले फिल्ममा राम्रो अभिनय गर्दैनन् भनेर त दर्शकले भन्दै आइरहेका छन् । कलाकारलाई निर्माताले पनि गैरजिम्मेवार भएको आरोप लगाउने गर्छन् ।

नेपालका कलाकार राम्रो काम गरेर भन्दा विवादमा आएर चर्चामा आउने गर्छन् । केही फिल्ममा शीर्ष भूमिका निभाएकी कलाकार पूजा शर्माले हालै एक अन्तर्वार्तामा आफूलाई नेपालमा कति जिल्ला छन् भनेर समेत थाहा नभएको खुलासा गरिन् ।

उनको यो खुलासाले कलाकार कतिसम्म गैरजिम्मेवार छन् भन्ने स्पष्ट पारेको छ । त्यसो त एउटा कलाकारलाई नेपालमा कति प्रदेश छन् या जिल्ला छन् भन्ने थाहा नहुँदैमा सबैलाई थाहा नहुन सक्छ भन्ने होइन । तर, धेरै कलाकारलाई सामान्य कुरा समेत थाहा नभएको भिडियो अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् ।

कलाकार पूजा शर्माले नेपालमा १४ वटा जिल्ला र ७२ वटा प्रदेश छन् भनेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको छ । उनको मात्र होइन, नेपाली कलाकारको ज्ञानको दायरामाथि पनि प्रश्न उठाइएको छ ।

हुन पनि नेपालमा कति जिल्ला छन् भन्ने समेत थाहा नहुनु भनेको निकै नै लाजलाग्दो कुरा हो । त्यसो त पूजा यस्तै कारणले बेलाबेलामा विवादमा आइरहन्छिन् ।

एक कलाकारले आफूलाई देशको गहना भनेर चिनाउन खोज्ने तर निकै साना कुराबारे पनि थाहा नहुनुले देशका गहनाहरुले भोलि अवसर पाउँदा के गर्न सक्छन् भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : १० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको