दोलखाबाट एक गर्भवतीको हवाई उद्धार « Khabarhub

दोलखाबाट एक गर्भवतीको हवाई उद्धार


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- गम्भिर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको छ ।

अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा भर्ना भएकी गौंरीशंकर गाउँपालिका–४ झ्याकुकी ७ महिनाकी गर्भवती पासाङठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धारगरि काठमाडौं ल्याइएको हो ।

अहिले उनको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार भईरहेको छ ।

६ दिनदेखि रक्तश्राव भएकी उनलाई थप उपचार गर्न काठमाडौं रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा. अरुण उप्रेतीले जानकारी दिए ।

अस्पतालका अनुसार उनको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौं लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै मन्त्री गुरुङले हवाई उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याएका थिए । मन्त्रालय अन्तरगतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

लकडाउनको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीहरुको निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुंगानाले जानकारी दिइन ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ३ : ४८ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको