२४ घण्टामा १७९ ले जिते कोरोना संक्रमण, हालसम्म निको हुने ३०१३ पुगे « Khabarhub

२४ घण्टामा १७९ ले जिते कोरोना संक्रमण, हालसम्म निको हुने ३०१३ पुगे


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार थप १७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक १३ महिला र १६६ जना गरी १७९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका हुन् । योसहित नेपालमा हालसम्म ३ हजार १३ जना उपचारपछि निको भएका छन्।

डा गौतमका अनुसार रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट ४६ पुरुष, कोभिड-१९ अस्पताल सपही धनुषाबाट ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष, संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

त्यसैगरी, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष, महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन्।

देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २५५ र २ हजार ७ सय ५८जना पुरुष रहेका छन्।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। शनिबारसम्म नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यसैगरी  नेपालमा आइतबार थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : ३३ बजे

प्रतिनिधिसभा बैठक : उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन

काठमाडौं–  प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि २० लाख

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज