ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

आइतबार मात्रै थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.  गौतमका अनुसार आइतबार १०५ जना महिला ३५८ पुरुष गरेर ४६३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। कुल संक्रमितमध्ये १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन्।

रेड जोनमा ५१४ जना छन् । आइतबार थप २ जना रेड जोनमा परेका छन्। यस्तै नेपालका ७७ जिल्लामै कोरोना फैलिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष गरेर १७९ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म कोरोना जित्नेको
संख्या ३ हजार १३ पुगेको छ। मृतकको संख्या भने २८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ५ : ०८ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै