कृषि मन्त्रालयले भन्यो- नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन « Khabarhub

कृषि मन्त्रालयले भन्यो- नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी पुर्‍याएको छैन


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शनिबार नेपाल भित्रिएको सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरेको बताएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बुटवलको सैनामैनामा मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिएको हो ।

मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले पछिल्लो विवरणअनुसार भारतको राजस्थानबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना मन्त्रालयमा प्राप्त भएको जानकारी दिए ।

‘सलह अझै ठूलो संख्यामा नेपाल आउने सम्भावना रहेकाले डर बढ्यो,’ उनले भने,’भारतले पनि त्यो समूह नष्ट गर्न प्रयास थालेको छ ।’

यसैबीच भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् ।

कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भू-भागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले बताए ।

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् ।

बारामा देखिएको ठूलाे झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ६ : ३० बजे

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

कीर्तिपुर- नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा