कोरोना संक्रमित १५ जनाको ‘जीन’बारे अध्ययन हुँदै, ५० लाख खर्च लाग्ने अनुमान | Khabarhub Khabarhub

कोरोना संक्रमित १५ जनाको ‘जीन’बारे अध्ययन हुँदै, ५० लाख खर्च लाग्ने अनुमान


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमित १५ जनाको ‘जीन सिक्वेन्सिङ’ अर्थात अणुवांशिकको अध्ययन भइरहेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का स्वास्थ्य अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले १५ जना कोरोना संक्रमितको जीन सिक्वेन्सिङबारे अध्ययन भइरहेको जानकारी दिए ।

‘हामीले अहिले सुरुमा १५ वटा स्याम्पलबाट अध्ययन सुरु गरेका छौं,’ डा धिमालले खबरहबसँग भने, ‘त्यसको रिजल्टको आधारमा स्याम्पलको संख्या बढाउँदै लैजाने छौं ।’

डा धिमालका अनुसार जीन सिक्वोन्सिङका लागि १५ जनाको स्याम्पल संकलन गर्दा मृत्यु भएका व्यक्ति, कोरोना निको भएका व्यक्ति, फरक फरक उमेर समूह भएका व्यक्ति र विभिन्न जिल्ला तथा देशबाट आएका संक्रमित छनोट गरी अध्ययन सुरु गरिएको छ ।

नेपालमा ९८ प्रतिशत कोरोना संक्रमित लक्षण बिहिन रहेको बताउँदै डा धिमालले अन्य देशको तुलनामा नेपालमा मृत्युदर कम रहेको बताए ।

जीन सिक्वोन्सिङ गर्दा नेपालमा कोरोना संक्रमितको अवस्था, कुन देशबाट आएका संक्रमितमा कस्तो प्रभाव रहन्छ र भाइरसको प्रकार कस्तो छ भन्ने थाहा पाइने उनले बताए ।

‘नेपालमा किन लक्षणबिहीन केस धेरै छन् भन्ने खोजीमा हामी लागेका छौं । हाम्रोमा ९८ प्रतिशत केस लक्षणबिहीन छन् । २ प्रतिशतमा मात्र कोरोनाको लक्षण देखिएको छ । संक्रमितको मृत्युदर पनि अरुदेशको तुलनामा कम छ,’ डा धिमालले भने, ‘किन यस्तो भइरहेको छ । फकर स्रोत अर्थात भिन्न देशबाट आएको भाइरस कुनबाट आएकाहरु कुन ग्रुपमा पर्छ छ । कुन देशबाट आएका संक्रमितको मृत्यु भयो भनेर वा लक्षण थियो थिएन भन्ने अध्ययन गर्न जीन सिक्वोन्सिङ गर्दैछौं ।’

नेपालमा गरिने अध्ययनको रिपोर्ट अबको एक महिना भित्रमा आउन सक्ने उनले बताए । नेपालमा गरिएको जीन सिक्वोन्सिङ प्रभावकारी भएनभएको जानकारी लिन नमूना विदेशमा पनि पठाइने उनले बताए ।

डा धिमालका अनुसार परिषद्मा कोरोना संक्रमणको अवस्था बारे मात्र अध्ययन गर्ने अध्ययनकर्ता छुट्टै खटाइएको छैन । परिषद्मा कार्यरत अध्ययनकर्ताहरुलाई नै अध्ययनमा खटाइएको डा धिमालको भनाइ छ ।

५० लाख खर्च लाग्ने अनुमान

अध्ययनका लागि आवश्यक पर्ने प्रयोगशालामा आवश्यक पर्ने रिएजेन्ट तथा प्रविधिहरुको भने खर्च लाग्ने उनले बताए । पहिलो चरणमा परिषद्ले गर्न लागेको १५ जनाको जीनबारे अध्ययन गर्न करिब ५० लाख खर्च लाग्ने अनुमान रहेको धिमालले सुनाए ।

‘हामीले कोरोनाकै लागि भनेर काम गर्ने छुट्टै जनशक्ति छुट्याएका छैनौ । हामीसँग यसअघि नै भएका कर्मचारी र स्वयसेवकका रुपमा खट्छु भनेर आउनुभएका विज्ञहरु हुनुहुन्छ,’ डा धिमालले भने, ‘त्यसैले अध्ययन गर्न विभिन्न रिएजेन्टको खर्च लाग्छ । झण्डै ५० लाख खर्च लाग्ने अनुमान गरेका छौं ।’

अध्ययनमा लाग्ने खर्च नेपाल सरकारले नै ब्यहोर्ने पनि उनले बताए । ‘त्यो पैसा हामीले कुनै दातृसंस्थाबाट खोज्ने होइन । नेपाल सरकारसँग भएको पैसा नै परिचालन गर्ने हो । त्यसैले अहिले पैसालाई भन्दा पनि कामलाई प्राथमिकता दिएर अगाडी बढेका छौं,’ उनले भने, ‘हामीलाई आर्थिक हिसाबले समस्या छैन ।’

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ८ : २३ बजे

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क

सिरहामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा– सिरहा नगरपालिका-१० पदमपुर बस्ने ६० वर्षीय चन्देसर मण्डलको घर र

सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना बनाउन सबैको सहयोग आवश्यक : मुख्यमन्त्री शाह

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमूना विश्वविद्यालय

जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै

रामपुर– जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न उपभोक्तालाई सचेत गराइएको छ