कानून शिक्षाको सुधार प्रतिवेदन हस्तान्तरण « Khabarhub

कानून शिक्षाको सुधार प्रतिवेदन हस्तान्तरण


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जन गर्न बनाएको समितिले प्रतिवेदन आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई बुझाइएको छ ।

सर्वोच्च अदालत परिसरमा आयोजना गरेको कार्यक्रममा समितिका संयोजक तथा वरिष्ठ अविधक्ता पूर्णमान शाक्यले त्रिविका उपकूलपति बाँस्कोटालाई सो प्रतिवेदन बुझाएका हुन् ।

उपकूलपति बाँस्कोटाले कानूनको उच्च शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जनका लागि रायसुझाव पेश गर्न बनेको समितिले धेरै मेहनत गरेर तयार गरेको प्रतिवेदनले गुणस्तरीय शिक्षाका लागि मार्गनिर्देशक हुने बताए ।

उनले प्रतिवेदनलाई आधार मानेर कानूनी शिक्षाको गुणस्तरीयता बढाउन सहयोग हुने र कानूनी शिक्षा सङ्ख्यालाई ध्यान दिँदा गुणस्तरमा पछाडि परिने बताए । उनले मुलुक सङ्घीयतामा गइसकेकाले कानूनी जनशक्तिको माग अत्यधिक बढेको हुँदा गुणस्तरीय शिक्षा उत्पादन अबको प्रमुख लक्ष्य हुनुपर्नेमा जोड दिए ।

महान्यायाधिवक्ता अग्नी खरेलले विश्वविद्यालय तहमा कानूनी उच्च शिक्षाको पाठ्यक्रम बनाउँदा नै त्यसको गुणस्तरमा हस्तक्षेप गरेर नियमित अनुगमनको संरचना आवश्यक रहेको बताए । उनले सरकारले चालू रणनीतिक योजनामा समेत कानूनी शिक्षालाई छुट्टै विश्वविद्यालयका रुपमा लैजाने गरी प्रस्तुत भइसकेको जानकारी दिए ।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले कानूनी शिक्षा राम्रो हुनसके न्यायपालिकाको गुणस्तरमा पनि वृद्धि हुने र कानूनी जनशक्तिको माग उच्च तर जनशक्ति र गुणस्तरमा प्रश्न उठेकाले कानूनी शिक्षामा तत्काल सुधारको अपेक्षा गरिएको बताए ।

समितिका संयोजक शाक्यले पछिल्लो समयमा कानूनी शिक्षामा धेरैको चासो तर अव्यवस्थित संरचना तथा प्रक्रियाका कारण गुणस्तरमा समस्या देखिएको बताए । उनले अन्तरराष्ट्रिय क्षेत्रमा कानूनी शिक्षाको अभ्याससमेत अध्ययन गरेर प्रतिवेदन तयार पारिएकाले यो प्रतिवेदनले नेपालको कानूनी शिक्षाको आवश्यकता र गुणस्तरीयताको समस्या समाधानमा सघाउ पुग्नसक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १० : १४ बजे

प्रतिनिधिसभा बैठक : उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन

काठमाडौं–  प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी

बालआश्रम निर्माणका लागि टोखाले २० लाख सहयोग गर्ने

काठमाडौं– काठमाडौँको टोखा नगरपालिकाले बालआश्रम भवन निर्माणका लागि २० लाख

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज