एम्बाप्पेले च्याम्पियन्स लिग खेल्न नसक्ने « Khabarhub

एम्बाप्पेले च्याम्पियन्स लिग खेल्न नसक्ने


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) का फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने भएका छन् ।

खुट्टाको चोट कारण एम्बाप्पेले आगामी अगष्ट १२ मा च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् । पीएसजीको च्याम्पियन्स लिगको क्वाटरफाइलनमा अगष्ट १२ मा एटलान्टासँग खेल हुदैछ ।

२१ वर्षीय एम्बाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।

विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एम्बाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।

तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने सम्भावना रहेको बताईएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ५ : ४७ बजे

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण