रातिदेखि ठाउँठाउँमा भारी वर्षा, भोलि र पर्सि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान « Khabarhub

रातिदेखि ठाउँठाउँमा भारी वर्षा, भोलि र पर्सि ‘धेरै भारी’ वर्षाको पूर्वानुमान

ठाउँठाउँमा एसएमएस अलर्ट


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सोमबार रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट जोगिन त्यस क्षेत्रका मानिसलाई एसएमएसमार्फत सूचित गरिएको छ ।

भारी वर्षापछि मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला र अन्य साना खोलामा बाढी आउन सक्ने ठानिएकाले सतर्क रहन आह्वान गरिएको हो ।

यस्तै कैलाली र कञ्चनपुरका धेरैजसो स्थानमा भारी वर्षा भएपछि त्यस क्षेत्रका कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधरलगायतका नदीमा बाढीको खतरा रहेपछि त्यस क्षेत्रमा पनि एसएमएसमार्फत ‘अलर्ट’ गराइएको छ ।

बुटवलको तिनाउ नदी बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेपछि कञ्चनखोला र तिनाउ खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सूचित गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पहिले गरिएका अनुमानअनुसारै सोमबार रातिदेखि वर्षाको मात्रा बढ्दै गएको छ ।

उनका अनुसार सोमबार प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको छ। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ।

क्रमिकरूपमा मुलुकभर नै वर्षा बढ्दै जाने मौसमविद्ले जनाएका छन् । आज (मंगलबार) देखि वर्षाको मात्रा अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।’

यसैगरी राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ। महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार ‘धेरै भारी’ वर्षाको सम्भावना छ।

यस्तो छ भोलि र पर्सिको पूर्वानुमान

एकैसाथ देशभर दुई वटा मौसमी प्रणाली सक्रिय भएपछि मुलुकभर भारी र अति भारी वर्षाको पूर्वानुमान गरिएको मौसमविद्ले जनाएका छन् । उनीहरूका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ । यसैको प्रभावले वर्षा भइरहेको हो ।

साउन १४ गते (बुधबार)

दिउँसोः देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर अधिकांश समय बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साउन १५ गते (बिहीबार)

दिउँसोः देशभर अधिकांश समय बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसमविद्हरूका अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा धेरै वर्षा भएमा धेरै भारी वर्षा भनिन्छ। यसअर्थमा भोलि र पर्सि धेरै भारी वर्षाको सम्भावना छ ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : २६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी