ओली – प्रचण्ड वार्ता नमिल्दा नेकपाको स्थायी कमिटी बैठक अन्योलमा « Khabarhub

ओली – प्रचण्ड वार्ता नमिल्दा नेकपाको स्थायी कमिटी बैठक अन्योलमा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पटक-पटक स्थगित भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ ।

बाढीपहिरो र डुबान प्रभावितको उद्धारका लागि भन्दै यसअघि स्थगित गर्दा बैठक आजका लागि सारिएको थियो । तर, अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति नबनेकाले बैठक हुने -नहुनेमा अन्योल छ । बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने जनाइएको छ ।

स्थगित नभएको खण्डमा बैठक विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्नेछ । ओलीसँग सहमति नभएपनि आजको बैठक अघि बढाउने र बहुमत सदस्यको निर्णयका आधारमा अघि बढ्ने प्रचण्ड-माधव समूहले तयारी गरेका छन् ।

एक व्यक्ति एक पदको एजेण्डा चर्काउँदै प्रचण्ड-माधव समूहले ओलीलाई सकेसम्म दुबै पद नत्र कम्तिमा एक पदबाट राजीनामा गर्न दबाब दिएपछि स्थायी कमिटी बैठक अघि बढ्न सकेको छैन ।

असार १० गते सुरू भएको स्थायी कमिटी बैठकमा एजेण्डामा नभएको विषयलाई बैठकमा प्रवेश गराएको भन्दै ओली पक्षीय नेताहरूले विरोध गर्दै आएका छन् ।

ओलीले बैठक चलिरहेकै बेला सार्वजनिक कार्यक्रमार्फत भारतको निर्देशनमा नेकपाकै नेताहरू सरकार ढाल्न उद्यत भएको आरोप लगाएपछि उनको राजीनामाको विषय स्थायी कमिटीमा पनि प्रवेश गरेको थियो ।

यद्यपि ओलीको राजीनामाको विषय प्रचण्ड-माधव समूहले सरकार र पार्टी सञ्चालनको समीक्षा भन्ने एजेण्डामा माग्ने तयारी गरेका थिए । तर, त्यसअघि नै ओलीले शीर्ष नेतालाई भारतको एजेन्टको अर्थ लाग्ने गरीको आरोप लगाएपछि प्रचण्ड-माधव समूहका नेताहरू ओलीसँग रिसाएका थिए । त्यसयता स्थायी कमिटी बैठक नै भाँडिएको थियो ।

ओलीले यहीबीचमा संसद अधिवेशन अन्त्य गरे । उनले अध्यादेश ल्याउने र पार्टी फुटाउनेसम्मको तयारी गरेको आरोप लगाउँदै अर्को पक्ष केही दिन रक्षात्मक देखियो । बैठक नै अघि बढ्न नसकेपछि ओली र प्रचण्ड एक्लाएक्लै वार्तामा बसे । तर, विवादको निकास भएन । बरू यहीबीचमा बसेको सचिवालय बैठकमा अग्रिम महाधिवेशनको विषयले प्रवेश पाएपछि नेकपा विवाद मत्थर हुने ठानिएको थियो ।

तर, त्यसमा ओली-प्रचण्डबीच भएको भनिएको सहमति २४ घण्टा नबित्दै उल्टिएपछि नेकपाको विवाद स्थायी कमिटी बैठक सुरू हुनु पूर्वकै अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४५ बजे

कांग्रेस नेता चालिसेसहित परिवारैविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् काठमाडौंको

सिंहदरबारको पश्चिम गेटमा जेन-जी घाइतेको धर्ना (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा,

एमालेमा फेरि ओली युग : पाँच वर्ष ओलीकै नेतृत्व र भरोसा

यतिबेला नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्चा

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीचको सम्बन्ध विच्छेदबारे खुलासा 

काठमाडौं– बलिउडका चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनबीच

सुदूरपश्चिमलाई फेरि फाइनलको पीडा : कहाँ चुके खेलाडी ?

काठमाडौं– कुनै पनि प्रतियोगितामा लिग वा समूह चरणमा जति नै