क्रिकेटर सन्दीपले गराए कोरोना परीक्षण | Khabarhub Khabarhub

क्रिकेटर सन्दीपले गराए कोरोना परीक्षण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् । मंगलबार सन्दीपले सानेपास्थित स्टार अस्पतालमा कोरोना परीक्षण गराएका हुन् ।

लामिछानेका व्यवस्थापक रहेका रमन सिवाकोटीले भने, ‘सन्दीपले आज स्टार अस्पतालमा कोरोना जाँच गराएका हुन् । रिर्पोट भोलि (बुधबार) आउँछ ।’

क्यारेबियन प्रिमिरय लिग (सिपीएल) खेल्न जाने तयारीमा रहेका लामिछानेले आज कोरोना जाँच गराएका हुन् ।

सिपीएल खेल्न जाने तयारी गरिरहेका लामिछाने जाने नजाने निश्चित भने भइसकेको छैन । यद्यपि व्यवस्थापक सिवाकोटीले लामिछाने सिपीएल खेल्न जाने प्रक्रियामा रहेको बताएका छन् ।

लगातार तेस्रो संस्करणको सिपीएल खेल्ने तयारीमा रहेका लामिछाने यो वर्ष जमैका तल्लावार्जबाट खेल्नेछन् । यो वर्षका लागि तल्लावार्जले लामिछानेलाई १ करोड ३० लाख नेपालीमा टोलीमा आवद्ध गरेको छ ।

सिपीएल अगस्ट १८ देखि सुरु हुँदैछ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ४ : ०८ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको