४ दशक पहिले ऋषिले ३० हजारमा किनेका थिए अवार्ड, सधै लागिरह्यो पछुतो « Khabarhub

४ दशक पहिले ऋषिले ३० हजारमा किनेका थिए अवार्ड, सधै लागिरह्यो पछुतो


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा हुने कैयन् कुराहरु बाहिरिएका छन् । नेपोटिज्म, ग्रुपिज्म र इनसाइडर–आउटसाइडरका विषयमा लामो समयदेखि बहस चलिरहेको छ ।

हालै म्युजिक कम्पोजर एआर रहमानले बलिउड ग्याङले आफूलाई काम नदिन लागिपरेको बताएका थिए । यसैबीच साउण्ड डिजाइनर तथा एडिटर रेसुल कुकुट्टीले पनि ओस्कार जितेपछि काम नपाएको बताएका थिए ।

बलिउडमा अवार्ड कार्यक्रम पनि विवादमा मुछिने गरेका छन् । केही समयअघि मनोज मुंतशिले आफ्नो गीत ‘तेरी मिट्टी’ ले फिल्मफेअर अवार्ड नपाउँदा भविष्यमा कुनै पनि अवार्डमा भाग नलिने घोषणा गरेका थिए ।

अवार्डबारे बलिउडमा विवाद भइरहन्छ । नेपालमा जस्तै बलिउडमा पनि अवार्ड किनबेच हुने चर्चा चलिरहन्छ ।

बलिउडका दिवगंत अभिनेता ऋषि कपूरले आफ्नो अटोबायोग्राफीमार्फत बताएका थिए कि, आजभन्दा ५० वर्ष पहिले उनले ३० हजारमा अवार्ड खरिद गरेका थिए ।

उनले सन् १९७० मा रिलिज भएको फिल्म ‘मेरा नाम जोकर’मा बालकलाकारका रुपमा आफ्नो करिअर थालेका थिए ।

त्यसको ३ वर्षपछि सन् १९७३ मा शीर्ष भूमिका रहने गरी फिल्म ‘बेबी’ मा काम गरेका थिए । सो फिल्मबाट उनले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पाएका थिए । तर, उक्त अवार्डका लागि उनले ३० हजार दिएका थिए ।

ऋषिले सन् २०१७ मा आफ्नो आत्मकथामार्फत यसबारेमा खुलासा गरेका थिए । उनले बताएका थिए कि, त्यो बेलामा उनी जवान थिए र खुशी पनि थिए ।

यद्यपि पछि भने आफूले अवार्ड किनेको सम्झँदा पछुतो लागेको बताएका थिए । यसलाई उनले आफूले गरेको गल्ती मान्दै पछुतो लाग्ने गरेको बताएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ६ : ०० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर