दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृत्यु « Khabarhub

दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृत्यु


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ ।

आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँचेका छन् ।

दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहिरो गएको थियो । सडकभन्दामुनि घर भएका जोशीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताए । पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उनले बताए ।

जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्रहरी चौकी ब्रह्मदेव र जिल्लाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बाख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए । जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् ।

जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालिकार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाएका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ११ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।