पहिरोले गुल्मीमा ६ घरपरिवार विस्थापित « Khabarhub

पहिरोले गुल्मीमा ६ घरपरिवार विस्थापित


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँचवटा घरमा क्षति पुगेको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङमा आज बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिएको हो ।

पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठसमेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिकाअन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उनकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोले घरमा क्षति पुगेपछि विस्थापित परिवारले जनता बाल निकेतन माध्यमिक विद्यालयमा आश्रय लिएका छन् ।

यसैबीच वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा एउटा मालबाहक ट्रक बगाएको छ ।

सोमबार राति बुटवलबाट हार्डवयरका सामग्री लिएर चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजारतर्फ जाँदै गारेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा पहिरो खसेपछि सडक छेउमा रोकी राखेको अवस्थामा उक्त ट्रकलाई माथिबाट खसेको पहिरोले बगाएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ४१ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार