प्रहरीकै अगाडि सुन जस्तो धातु र हतियार फ्याँक्ने अझै फरार « Khabarhub

प्रहरीकै अगाडि सुन जस्तो धातु र हतियार फ्याँक्ने अझै फरार


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ ।

सवारी जाँच गर्ने क्रममा काठमाडौँको कमलादीमा आज बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले गाडीको पिछा गरेको थियो ।

त्यसपछि बाटोमै कपडाको झोला फ्याँकेर गाडी भाग्यो । त्यो गाडी कहाँ गयो भन्ने कुरा प्रहरीले साँझसम्म पत्ता लगाउन सकेको छैन ।

उनीहरुले फ्याँकेको झोला हेर्दा दुई थान म्याग्जिनसहित पेस्तोल र एक किलोका ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५०० ग्राम लेखिएको एक थान पहेँलो धातु प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

गाडीको कुन खालको कस्तो गिरोह थियो भन्नेसमेत प्रहरीले सुईको पाउन सकेको छैन ।

काठमाडौँको कमलादीस्थित कृष्णपाउरोटी चोक नजिक उक्त घटना भएको हो । गाडीसहित फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

ज्ञावालीले प्रहरीले पिछा गर्दागर्दै कसरी भाग्न सफल भयो भन्ने विषमया पनि अनुसन्धान थालिएको जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : १३ बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट