कल बाइपासमा संलग्न पक्राउ « Khabarhub

कल बाइपासमा संलग्न पक्राउ


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–५ घर भई काठमाडौँको बौद्ध बस्ने हरिशंकर श्रेष्ठलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका २२ खिचापोखरीस्थित भवनमा अवैध रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट ८ पोर्टको एक थान ओपन भोक्स गेटवे, एक थान चार्जर र आठ थान एनसेलको सीमकार्ड बरामद भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : २९ बजे

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट