स्याङ्जाका थप १६ प्रहरीमा कोरोना संक्रमण « Khabarhub

स्याङ्जाका थप १६ प्रहरीमा कोरोना संक्रमण


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार साँझ कोरोना पुष्टि भएका स्याङ्जाका २५ जनामध्ये १६ जना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सुरुमा साउन ६ मा ३ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । गत सोमबार जिल्ला प्रहरी प्रमुखसहित १८ जनामा संक्रमण पाइएको थियो ।

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार मंगलबार जिल्लाका १ सय १९ जनाको रिपोर्ट आउँदा २५ जनामा संक्रमण देखिएको छ ।

हालसम्म प्रहरी कार्यालयमा ३७ प्रहरी, एक शिशु र एक जना थुनुवामा पनि कोरोना पुष्टि भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

सुरक्षा निकायका व्यक्तिहरुलाई नै कोरोना संक्रमण भएपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

यो पनि पढौं

स्याङ्जाका २५ सहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित 

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ५६ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी