धनगढीकी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

धनगढीकी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्धार गरिएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उनको उपचारका लागि काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ४५ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी