रोनाल्डोले पाए 'गोल अफ दि सिजन' अवार्ड | Khabarhub Khabarhub

रोनाल्डोले पाए ‘गोल अफ दि सिजन’ अवार्ड


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो ।

रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २-१ ले जितेको थियो ।

तर, पहिलो लेगमा १-० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

यस अवार्ड जित्ने क्रममा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् ।

अवार्ड जित्ने क्रममा रोनाल्डोको गोलले सर्वाधिक मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ३२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित